नुवाकोटको ककनीमा कांग्रेस जिल्ला सभापतिहरुको भेला | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नुवाकोटको ककनीमा कांग्रेस जिल्ला सभापतिहरुको भेला

nepali congress

नुवाकोट, १२ मंसिर । बुधवार कांग्रेस जिल्ला सभापतिहरुको भेला नुवाकोटको ककनीमा सुरु भएको छ । विधान संशोधनको विषयमा छलफल गरी साझा धारणा बनाउन भन्दै कांग्रेस जिल्ला सभापतिहरु ककनीमा भेला भएका हुन् ।

भेलाप्रति केन्द्रीय सभापति शेरबहादुर देउवा भने असन्तुष्ट रहेका छन् । भेलामा देउवालाई निमन्त्रणा गरिएको थियाे । तर, देउवा नजाने भएपछि भेला अनौपचारिक छलफलमै सीमित गरिएको छ । जिल्ला सभापतिमा संस्थापन इतरको बहुमत छ ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत विधानमा बिहीबारदेखि छलफल सुरु हुँदै छ । त्यसअघि नै जिल्ला सभापतिहरुले साझा धारणा बनाएर केन्द्रीय समितिमा बुझाउने तयारी गरेका हुन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);