एमाले स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेलामा ओलीले सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एमाले स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेलामा ओलीले सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेले स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको भेला बोलाएको छ । पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको भेला आज बिहानदेखि सुरु भएको केन्द्रीय सदस्य तथा स्थानीय विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिए ।

भेलामा अब हुने स्थानीय तहको निर्वाचन र पार्टीले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल भइरहेको उनले जानकारी दिए । एमाले विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र त्यसको पूर्तिका लागि तय गर्नुपर्ने रणनीतिका बारेमा सहभागीहरूबाट हुने रिर्पोटिङपछि आवश्यक निर्देशन दिइने दाहालले जानकारी दिए ।

भेलामा एमालेका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख सहभागी छन् ।

उक्त भेलालाई दिउँसो १ बजेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको दाहालले जानकारी दिए । पार्टीको विधान महाधिवेशनमा सहभागी हुन जनप्रतिनिधिहरू काठमाडौं आएको मौका छोपेर भेला बोलाइएको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);