खोलाले बगाएको एक महिलाको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

खोलाले बगाएको एक महिलाको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

काभ्रे । काभ्रे जिल्लाको भुम्लु गाउँपालिका १० स्थित ईन्द्रावती खोलाले बगाइरहेको अवस्थामा एक महिलाको सशस्त्र प्रहरीले साउन २८ गते सकुशल उद्धार गरेको छ ।

मोरङ जिल्लाको विराटनगर महानगरपालिका स्थायी घर भई काभे्र जिल्लाको धुलिखेल नगरपालिका डेरा गरी बस्ने २५ बर्षिया रितु तामाङ्गलाई ग्याविन भर्ने क्रममा उक्त खोलाले बगाएको बताईएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभे्रबाट सशस्त्र प्रहरी नायव निरीक्षक हरीप्रसाद लम्सालको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उक्त खोलाले बगाई रहेको अवस्थामा उनको सकुशल उद्धार गरेको हो । उद्धार पश्चात उनलाई उपचारको लागी दोलालघाटतर्फ पठाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);