२८ र २९ गते मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

२८ र २९ गते मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई रोक

mustang

मोदीको भ्रमणलाई लक्षित गरी मुस्ताङमा उच्च सुरक्षा सतर्कता –

काठमाडौं, २४ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

तिब्बती सीमामा रहेको नेचुङ र म्याग्दीसँगको सिमाना घाँसा सम्म जाँचमा कडाइ गरिएको छ । मुस्ताङका होटल तथा लजमा बस्ने पाहुनाहरुको व्यक्तिगत विवरणसहितको अभिलेख पनि संकलन गरिएको छ ।

त्यस्तै स्थानीय प्रशासनले दुई दिनसम्म २८ र २९ गते मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई रोक लगाएको छ । साथै थोरङ्ला पास हुँदै मनाङतर्फ आउन पनि पदयात्रीहरुलाई रोक लगाइएको छ ।

भारतीय प्रधानमन्त्रीको स्वागतका लागि जिल्ला समन्वय समितिका प्रमुख छिरिङल्हमो गुरुङको संयोजकत्वमा स्वागत समिति गठन गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);