यस्ता छन् प्रदेश प्रमुखले पाउने पारिश्रमिक र सुविधा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

यस्ता छन् प्रदेश प्रमुखले पाउने पारिश्रमिक र सुविधा

एकजना प्रदेश प्रमुखले मासिक ६४ हजार रुपैयाँ पारिश्रमिक पाउने-

काठमाडाैं, ३ माघ । सरकारले सात प्रदेशका लागि अस्थायी राजधानी तथा प्रदेश प्रमुखहरु तोकेको छ । राजनीतिक भागबन्डाका आधारमा तोकिएका प्रदेश प्रमुखलाई मासिक पारिश्रमिक दिने व्यवस्था छ । प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन अनुसार प्रदेश प्रमुखको खर्च तथा सुविधा कस्तो छ त ?

गत असोज १० मा संसदमा पेश भएको प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४’असोज २७ गते संसदले पारित गरेपछि कात्तिक १ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको थियो । उक्त व्यवस्थाअनुसार नियुक्तिपछि एकजना प्रदेश प्रमुखले मासिक ६४ हजार रुपैयाँ पारिश्रमिक पाउने छन् ।

यसरी सातै प्रदेशका प्रमुखका लागि राज्यले मासिक ४ लाख ४८ हजार रुपैयाँ खर्च गर्नुपर्छ । यो भत्ताबाहेक तलबको मात्रै कुरा हो । यसबाहेक प्रदेश प्रमुखले पोशाक शीर्षकमा वार्षिक १८ हजार, अतिथि सत्कार तथा भैपरी खर्च शीर्षकमा मासिक ४० हजार रुपैयाँ पाउने छन् ।

यी बाहेक अन्य शीर्षकका खर्चलाई हिसाब गर्दा सातै प्रदेशका प्रमुखका लागि राज्यबाट मासिक ७ लाख ३८ हजारभन्दा बढी खर्च हुनेछ । यतिमात्रै होइन, प्रदेश प्रमुखको सचिवालयका लागि आवश्यक कर्मचारीमा पनि राज्यले खर्च गर्नेछ । त्यस्तै प्रत्येक प्रदेश प्रमुखले भ्रमण गर्दा स्वदेशमा भ्रमण गर्दा दैनिक ३ हजार रुपैयाँ भत्ता पाउने छन् ।

विदेशमा भ्रमण गर्दा दैनिक २५० अमेरिकी डलर दिने व्यवस्था छ । प्रदेश प्रमुखले सरकारी कामको सिलसिलामा स्वदेश तथा विदेशको भ्रमण गर्दा १५ लाख रुपैयाँको बीमा सुविधा पाउने छन् । प्रदेश प्रमुखले प्रमुख स्वकीय सचिव एकजना, सहस्वकीय सचिव एकजना, उपस्वकीय सचिव एकजना, स्वकीय अधिकृत एकजना सचिवालयमा राख्न पाउने छन् ।

यस्तै फोटो ग्राफर अधिकृत, कम्प्युटर सहायक, प्रशासन सहायक र लेखा सहायक एक/एक जना नियुक्त गर्न पाउनेछन् । दुई जना सवारी चालक र दुई जना कार्यलय सहयोगि पनि राख्न पाउनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);