महराको छुनछेक बहस सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

महराको छुनछेक बहस सुरु

mahara bayan

काठमाडौं, १५ कात्तिक । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । महराको शुक्रबार बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको हो ।

महरामाथि संसदसचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि प्रहरीले गत असोज १९ गते सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाडौंले बिहिबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

अहिले जिल्ला अदालत काठमाडौंमा महरालाई उपस्थित गराएर न्यायाधिश सुर्दशनराज पाण्डेको एकल इजलासमा थुनछेकको बहस सुरु भएको हो । थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्ने अदालतले फैसला गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);