महिला हिंसा न्यूनिकरणका लागि महिला स्वयंसेविका परिचालन हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महिला हिंसा न्यूनिकरणका लागि महिला स्वयंसेविका परिचालन हुँदै

mahila

काठमाडौं, १५ कात्तिक । नेपाल प्रहरीको सहयोगमा यो अभियान शनिबारदेखि शनिबारदेखि काठमाडौं उपत्यकामा संचालन हुँदैछ ।

नेपाल प्रहरीले महिला हिंसा न्यूनिकरणका लागि महिला स्वयंसेविका परिचालन अभियान ल्याएको छ । हिंसामा परेका महिलाहरुलाई कानुनी तथा व्यवसायिक रुपमा सबल बनाउन नेपाल प्रहरीले संरक्षक समुह नेपालको सहयोगमा अभियान चलाउन लागेको हो ।

अभियानमा सक्रिय हुने स्वंयसेविकाहरु प्रहरी कार्यालयमा रहने छन् । महिला हिंसामै परेका महिलाहरुले प्रहरी र संरक्षक समूहले तालिम पश्चात स्वयंसेविकाको रुपमा तयार पारेको हो । अभियान अन्तर्गत प्रहरीसँगको साझेदारीमा पीडितलाई कानुनी एवं व्यवसायिक रुपमा सबल बन्न परामर्श दिनेछ ।

संरक्षक नेपालले हिंसाबाट पिडित महिलालाई मात्र संस्थामा अभिमुखिकरण तथा तालिम दिने संस्थाका निर्देशक श्याम कुमार पोखरेलले जानकारी दिनुभयो ।

हिंसामा पीडित महिलाहरु प्रहरीसंग खुल्ने गरेको पाइन्न । यस्ता अभियानले महिलालाई आफूमाथि भएको हिंसा विरुद्ध खुल्न र लड्न सहज हुने महिला अधिकारकर्मीहरु बताउँछन् ।

यो अभियान सबै प्रहरी कार्यालयमा रहनुपर्ने उनीहरुको मत छ । अन्य अधिकारवादी संस्थासँग समन्वय गर्न सकेमा अभियान झनै प्रभावकारी हुने अधिकारकर्मीहरुको सुझाव छ ।

महिला हिंसाको न्यूनिकरण र महिला सशक्तिकरणमा यस्ता अभियानले सहयोग पुग्ने सर्वसाधारणको धारणा छ । नेपालमा महिला हिंसाको दर उच्च रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । समाजमा हरेक चार महिला मध्ये एक कुनै नै कुनै हिंसाको सिकार हुने गरेको पाइन्छ ।

मानव बेचविखन, बलात्कार यौन हिंसा, घरेलु हिंसा महिलामाथि हुने हिंसाको प्रमुख स्वरुप हुन । यस्ता हिंसालाई न्यूनिकरण गर्न नेपाल प्रहरीको सहयोगमा संचालित यस्ता अभियान कति सार्थक र व्यवहारिक हुन्छन त्यो भने हेर्न बाँकी नै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);