कांग्रेसमा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कांग्रेसमा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई

congress meeting

काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न पदाधिकारीलाई जिम्मा दिने निर्णय लिएको छ । उम्मेदवार चयन गर्ने आधिकारिक निकाय संसदीय समिति नभएकाले केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले पदाधिकारीलाई अधिकार प्रत्यायोजित गरेको हो ।

कांग्रेसमा सभापति शेरबहादुर देउवासहित ८ सदस्य पदाधिकारी छन् । उम्मेदवार छनौट गर्न बस्ने पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि समावेश गर्ने निर्णय गरिएको छ ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनौट गर्न बसेको केन्द्रीय समिति बैठकले उम्मेदवारको नाम टुंगो लगाउन नसकेपछि पदाधिकारीलाई जिम्मा दिएको हो ।

विधान विपरित उम्मेदवार चयन गर्न लागिएको भन्दै बैठकमा केही नेताहरुले असन्तुष्टि समेत जनाएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);