प्यूठानको सरुमारानी गाउँपालिकामा बस भीरबाट खस्दा पाँच जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्यूठानको सरुमारानी गाउँपालिकामा बस भीरबाट खस्दा पाँच जनाको मृत्यु

bus accident

काठमाडौं, ३० बैशाख । प्यूठानको सरुमारानी गाउँपालिका–४ स्थित पाकुरीमा यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको ना ४ ख १८७६ नम्बरको यात्रुवाहक बस आज बिहान भीरबाट खस्दा बस चालक बीरबहादुर थारुसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमध्ये तीन जना महिला र दुई जना पुरुष हुन् ।

दुर्घटनामा परी २५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई बुटवल र २१ जनालाई उपचारका लागि जिल्ला अस्पताल प्यूठान पठाइएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);