गुल्मीको वीरबासमा माईक्रो बस दुर्घटना, ७ जनाको मृत्यु, ६ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

काठमाण्डौँ, १३ कार्तिक । बुटवलबाट तम्घासतर्फ जाँदै गरेको बा४ख ५५०१ नम्बरको माइक्रो बस गुल्मी दरबार गाउँपालिका-४ वीरबासको भीरबाट खस्दा ७ जनाको मृत्यु भएको छ ।

मृत्यु भएकाहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । माइक्रोमा सवार अन्य ६ जना घाइतेलाई भने उपचारको लागि पाल्पा पठाईएको छ । माइक्रोमा चालक र सहयोगी सहित १५ जना सवार रहेका थिए ।

दुर्घटनामा अन्य दुई जना भने बेपत्ता रहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);