उदयपुरमा जिप दुर्घटना, चार जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

उदयपुरमा जिप दुर्घटना, चार जनाको मृत्यु

jip accident

गाईघाट, १३ कार्तिक । उदयपुरमा एक जिप दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ।

उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नंको सुमो जिप आज दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा चार जनाको जटनास्थलमै मृत्यु भएको हो।

जिप कटारी–११को खाँडी भन्ने ठाउँमा सडकबाट ४०० मिटर तल खसेर भएको सो दुर्घटनामा जिपमा रहेका अन्य छजना अझै नभेटिएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

फाईल फोटो