ओखलढुंगामा जिप दुुर्घटना २ जनाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ओखलढुंगामा जिप दुुर्घटना २ जनाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइदै

काठमाडौं, २१ फागुन । ओखलढुंगामा आज बिहान जिप दुर्घटना हुँदा २ जनाको घटनास्थमै मृत्यु भएको छ ।

चिसंखुगढी नगरपालिका ३ दियालेमा १३ यात्रु बोकेर हिडेको बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु हुनाको साथै ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

ना १ ज ८४७३ नम्बरको जिप १३ जना यात्रु बोकेर ओखलढुंगातर्फ गइरहेको अवस्थामा दुर्घटनामा परेको बुझिएको छ ।

दुर्घटनामा परी चिसंखुगढीका स्थानीय भक्तबहादुर थापा र मिनबहादुर श्रेष्ठको मृत्यु भएको छ । घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);