डोटीमा जिप दुर्घटना, घटनास्थलमै ३ जनाको मृत्यु, ८ जना घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

डोटी, १८ कार्तिक ।  डोटीको केआइसिंह गाउँपालिका वडा नं ३ देउरडीमा आज जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ।

केआइसिंह गाउँपालिकाको टिखातरबाट ११ जना यात्रु बोकेर दिपायलका लागि छुटेको से१ज २०६५ नं को जिप दुर्घटना हुँदा चालक खेमराज ओझासहित तीन जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन्। अन्य दुई जनाको सनाखत हुन सकेको छैन।

उद्धारका लागि प्रहरी टोली र भौतिक तथा यातायात मन्त्री वीरबहादुर बलायरसहितको टोली घटनास्थलतर्फ गएको प्रहरीले जानकारी दिएको छ। घटनाको पूर्ण विवरण आउन बाँकी छ।

 

 

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);