अपडेट : डडेल्धुरामा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १७ घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

अपडेट : डडेल्धुरामा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १७ घाईते

डडेल्धुरा, १ मंसिर । डडेल्धुरा भागेश्वर गाउँपालिकाको कोरङाईल भन्ने स्थानमा आज भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

भागेश्वर गाउँपालिका–३ राल्डबाट जिल्ला सदरमुकाम डडेल्धुरा तर्फ आउँदै गरेको मे १ ज १८० नम्वरको जिप दुर्घटना हुँदा घटना स्थलमै दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भागेश्वर गाउँपालिकाका धर्म सिंह मडै र जिप मालिक ४५ बर्षीय दिपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जीप दुर्घटनामा १७ जना घाईते भएका छन् । घाइतेहरुको उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा उपचार भईरहेको प्रहरीले भनाई छ । जिप सडकबाट करिव २ सय ५० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);