बागलङु । बागलुङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तर्गत काठेखोलाको खहरेमा बा१८च ५६ ७७ नम्बरको रातो प्लेटको पिक अप जिप सडकबाट करिब ३० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते बनेका छन् ।
दुर्घटनामा परि मृत्युहुनेमा बागलुङ नगरपालिका–७ का ४५ वर्षीय श्याम शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बागलङुले जनाएको छ । त्यसैगरी घाईते हुनेहरुमा बागलुङ नगरपालिका–१ रामरेखाका ४० वर्षीय टकबहादुर बोहरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी रहेका छन्।
घाइतेहरूको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको जिप्रका बागलुङले जानकारी दियो । बागलुङकै बिहुँबाट सदरमुकाम बागलुङ बजारतर्फ आउँदै गरेको अवस्थामा जिप दुर्घटनामा परेको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।