डडेल्धुरामा जिप दुर्घटना हुँदा ७ जना घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

डडेल्धुरामा जिप दुर्घटना हुँदा ७ जना घाईते

jeep accident

डडेल्धुरा, १२ भदौ । डडेल्धुरामा आज जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । भागेश्वर गाउँपालिकाको वोकटाबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको ना १ ज ३११९ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाईते मध्ये तीन जनालाई धनगढी पठाईएको र बाँकीको अहिले उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको प्रहरीले जनाएको छ । १४ जना यात्रु सवार जिप सडकबाट करिब ३० मिटर तल खसेको छ ।

गुँरास यातायात समिति बैतडीद्धारा संचालित जिप वर्षाको कारण सडक चिप्लो भई दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);