कपडा पसलमा आगलागी हुँदा लाखौंको क्षति | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कपडा पसलमा आगलागी हुँदा लाखौंको क्षति

Aaglagi Bara

बारा, १२ भदौ । बाराको जीतपुर सिमरा स्थित एक कपडा पसलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । सोमबार राति विद्युत् लाइनमा सर्ट भई आगलागी हुँदा जीतपुर–७ टेंढारोडमा रहेको भण्डारी वस्त्रालयमा ठुलो क्षति पुगेको हो ।

कपडा पसलका मालिक पसल वन्द गरेर घर गएको वेला राती १० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ४० लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । प्रहरीले वारुणयन्त्रको सहयोगमा रातीनै आगलागी नियन्त्रणमा लिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);