दमकमा भीषण आगलागी, पाँचवटा कस्मेटिक तथा कपडा पसल जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दमकमा भीषण आगलागी, पाँचवटा कस्मेटिक तथा कपडा पसल जलेर नष्ट

fire

काठमाडौं । झापाको दमकमा भीषण आगलागी भएको छ । आज बिहान करिब साढे ३ बजे दमक नगरपालिका–६ नमुना मार्गसँगै जोडिएका पसलमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।

उक्त स्थानमा पसल सञ्चालन गर्दै आएका राजु श्रेष्ठको जुक्ता पसलबाट आगो सुरु भएको थियो । पसलसँगै जाडिएका अन्य कस्मेटिक तथा कपडा पाँचवटा पसलमा पनि पुर्णरुपमा क्षति भएको छ ।

दमक, कमल, गौरादह र उर्लाबारी नगरपालिकाका बारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । अहिले आगो पुर्णरुपमा आगो नियन्त्रणमा आइसकेको झापा प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);