बिर्तामोडको कफ्र्यु हट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुरुङ्गा, १३ कार्तिक । झापाको बिर्तामोडमा शुक्रबारदेखि लगाइएको कफ्र्यु आज अपराह्नबाट हटाइएको छ ।

बिर्तामोडका स्थानीय प्रसासनले आज अपराह्न ३ बजेबाट कफ्र्यु हटाएको हो । कफर््यु हटाएसँगै तीन दिनदेखि अस्तव्यस्त बनेको बिर्तामोडको जनजीवन सामान्य बन्दै गएको छ ।

अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै बिर्तामोडमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–११ का ३० वर्षीय नरेश थापाको शुक्रबार मृत्यु भएको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले शुक्रबार दिउँसो १ः३० बजेबाट पूर्वमा नयाँ बसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा बिर्ताबजारसम्मको क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);