माइक्रोबसको ठक्करबाट एकको मृत्यु, ११ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माइक्रोबसको ठक्करबाट एकको मृत्यु, ११ घाइते

accident

कैलाली, १७ साउन । कैलालीको लम्कीचुहा नगरपालिका ६ गुलरामा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नेपालगन्जबाट धनगढी जाँदै गरेको भे. १ ज ६३५ नम्बरको माइक्रोबसले ठक्कर दिँदा साइकल यात्रु लम्कीचुहा ९ खुमरीयाका ६५ वर्षका पञ्चराम चौधरीको मृत्यु भएको हो ।

माइक्रोमा सवार ११ जना घाइते भएका छन् । साइकललाई जोगाउने क्रममा माइक्रो अनियन्त्रि भइ पल्टदा माइक्रोमा सवार ११ जना यात्रु घाइते भएका हुन् । घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरु मध्ये ६ जनलाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज ल्याइएको छ । अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख सुरेन्द्र जोशीले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);