अबको १० बर्षभित्र ५० लाख पर्यटक भित्राउने दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, १७ साउन । सरकारले अबको १० बर्षभित्र ५० लाख पर्यटक भित्राउने दाबी गरेको छ ।

बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले काठमाडौंमा गरेको ‘पर्यटन क्षेत्रको भावी कार्यदिशा’ विषयक अन्तरक्रियामा अर्थमन्त्री डाक्टर यवराज खतिवडाले पूर्वाधारको विकास गर्दै पर्यटकको संख्या बृद्धि गराउने बताए । उनले छिमिकी मुलकलाई प्राथमिकता दिइ योजना बनाउन पर्यटन मन्त्रालयलाई सुझावसमेत दिए ।

पर्यटन विकासका लागि नीजि क्षेत्रलाई सहभागि गराउनुपर्ने अर्थमन्त्री खतिवडाको भनाइ छ । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले जनकपुरलाई ‘धार्मिक पर्यटक स्थल’ को रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।  मन्त्री यादवले पर्यटन क्षेत्रको विकासका लागि संघीय, प्रदेश र स्थानीय तहको सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);