वीरगन्ज भन्सार नाकाबाट सवारी साधनको आयत बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

वीरगन्ज भन्सार नाकाबाट सवारी साधनको आयत बढ्यो

वीरगन्ज, १७ साउन । वीरगन्ज तथा आइसिपि भन्सार नाकाबाट सवारी साधनको आयत बढेको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार, आर्थिक वर्ष ७४/७५ मा १० अर्ब ८७ करोड बराबरको १ लाख २९ हजार ३ सय ९८ वटा मोटरसाइकल आयात भएको छ ।

त्यस्तै ९ अर्ब ८४ करोड बराबरको ११ हजार १ सय ७४ वटा जिप, कार, भ्यान आयात भएको छ । त्यसैगरी, ६ अर्ब ४५ करोड बराबरको ४ हजार २ सय ६ थान बस, ट्रकका चेसिसहरु आयात भएको छ ।

त्यस्तै ३ अर्ब २२ करोड बराबरको १ हजार ८ सय ७२ वटा ट्रक, मिनिट्रक आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा १ सय ६० वटा मिनी ट्रक बस बढी आयात भएको कार्यालयको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);