लकडाउनमा ५२ करोडको तरकारी आयात | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

लकडाउनमा ५२ करोडको तरकारी आयात

विराटनगर, १२ असोज । लकडाउन शुरु भएदेखि भदौ सम्ममा विराटनगर भन्सारबाट मात्रै ५२ करोड ३५ लाख ७४ हजार बढिको तरकारी आयत भएको छ । भन्सार कार्यलयको तथ्याङक अनुसार गत चैत ११ गते देखि असार मसान्त सम्ममा मात्र ३२ करोड ५३ लाख १ हजार ९ सय ७६ मुल्यको तरकारी आयत भएको छ ।

जसबाट ५ करोड ४९ लाख १५ हजार ३ सय ५३ रुपैँया राजश्व संकलन भएको भन्सार कार्यलयले जनाएको छ । उक्त अवधिमा आलु, प्याज, सागपात लगायतको तरकारी गरेर ८ हजार २ सय ३७ मेट्रिक टन तरकारी आयत भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख गरीएको छ । प्रदेश १ ले तयार पारेको एक रिर्पोट

लकडाउन शुरु भएदेखि भदौ मसान्त सम्ममा विराटनगर भन्सारबाट ५२ करोड ३५ लाख ७४ हजार बढिको तरकारी आयत भएको छ । लकडाउन शुरु भएपछि गत चैत मात्रै ५ करोड ९० लाख २६ हजार ७ सय मुल्य वरावरको तरकारी आयत भएको छ ।

जसवाट ७० लाख ९५ हजार १ सय ९८ राजश्व संकलन भएको छ । गत चैत ११ गते देखि असार मसान्त अवधिमा आलु, प्याज, सागपात लगायतको तरकारी गरेर ८ हजार २ सय ३७ मेट्रिक टन तरकारी आयत भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख गरीएको छ ।

सो अवधिमा मात्र ३२ करोड ५३ लाख १ हजार ९ सय ७६ मुल्यको तरकारी आयत भएको भन्सार कार्यलय विराटनगरकी सुचना अधिकारी सुनिता पौडेल बताउछिन् । गत चैत देखि भदौ मसान्त सम्म विराटनगर भन्सार कार्यालयबाट १५ करोड ३५ लाख मुल्य बराबरको ५ हजार ९ सय ५० मेट्रिक टन आलु भित्रिएको छ ।

यस्तै हरियो प्याज र शलौट १० कारोड ६१ लाख मुल्य बराबरको २ हजार ८ सय २२ मेट्रिक टन आयात भएको छ । यसैगरी सुकेको प्याज ९ करोड ३७ लाख मुल्य बराबरको आयात भएको छ । त्यस्तै सुकेको लसुन ५ करोड ८७ लाख ९७ हजार मुल्य बराबरको आयत भएको छ । ताजा तरकारी र सागपात ६० लाख ७८ हजार बराबरको आयात भएको छ ।

आर्थिक वर्षको तुलनामा आव २०६६÷७७ मा ३६ करोड ८९ लाख ६३ हजार मुल्य बराबरको तरकारी आयत कम भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा ८६ करोड ४२ लाख ६६ हजार मुल्य बराबरको ३० हजार १ सय ३२ मेट्रिक टन तरकारी आयत भएको थियो । जसवाट ११ करोड १० लाख ६८ हजार राजश्व संकलन भएको थियो । यस्तै गत वर्ष (लकडाउनको अवधि सहित) ४९ करोड ५३ लाख ३ हजार अर्थात ११ हजार ८ सय २९ मेट्रिक टन तरकारी आयत भएको भन्सार कार्यालयले जनाएको छ । जसबाट ८ करोड ६१ लख ३३ हजार राजश्व संकलन भएको छ ।

आव ७७÷८७ को दुइ महिनाको अवधिमा विराटनगर भन्सार कार्यालयबाट ५ अर्व २१ करोड ४८ लाख ६१ हजार मुल्य वरावरको सामान निर्यात भएको छ । त्यस्तै दुइ महिनाकै अवधिमा २३ अर्व २१ करोड ९६ लाख ३३ हजार मुल्य बराबरको सामान आयात भएको नि. कार्यालय प्रमुख गोपी उप्रेती बताउँछन् ।

साउनमा १० अर्व ५४ करोड ८१ लख ९५ हजार मुल्य वरावरको सामान आयत भएको छ भने २ अर्व ३२ करोड ५६ लाख मुल्य बराबरको सामान निर्यात भएको छ । यस्तै भदौमा १२ अर्व ६७ करोड १४ लख ३७ हजार मुल्य वरावरको सामान आयात भएको छ भने २ अर्व ८८ करोड ९२ लाख ५७ हजार मुल्य बराबरको सामान निर्यात भएको छ ।

विराटनगर भन्सारबाट २ महिनाको अवधिमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल १ अर्व ७१ करोड ४७ लाख ८९ हजार मुल्य बराबरको निर्यात भएको छ । त्यस्तै सेन्थेटिक यार्न ८७ करो ८२ लाख बढिको निर्यात भएको छ ।

यस्तै जुटबाट निर्माण गरीएका कपडा, अन्य कपडा, जुटका बोरा, झोला, चाउचाउ, पास्ता, नुडल्स, जी आई वायर गरेर ३० अर्व ७४ करोड ८६ लाख मुल्य बराबरको निर्यात भएको छ । यसरी तरकारी पनि भारतबाटै आउने हो भने कृषी देश भनेर नेपाललाई किन भन्न आबश्यक छ ?

प्रत्येक बर्ष कृषि परियोजना भनेर अनुदान किन दिनु पर्याे र ? आफ्नालाई मात्र दिने र पहुँच भएकालाई दिने सरकारी अनुदान तथा डलरहरुको खेतीको आबश्यकता किन पर्याे र देशमा । यस तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);