रसुवागढी नाकाबाट तीन अर्ब रुपैयाँको सामान आयत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

रसुवा,१२ असोज । चालु आर्थिक बर्षमा रसुवागढी नाकाबाट तीन अर्ब रुपैयाँको सामान आयत भएको छ।

चालु आर्थिक बर्षको असोज ८ गते सम्ममा २ अर्ब ९० करोड ६९ हजार रुपैयाँ बाराबरको सामान आयत भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको असोज ८ सम्ममा १ अर्ब ९२ करोड ३९ लाख ५९ हजार रुपैयाँ बराबरको सामान आयात भएको थियो । रसुवागढी नाकाबाट बर्सेनी सामान आयात हुने क्रम बढ्दै गएको छ । भन्सारले चालु आर्थिक बर्षको असोज ८ सम्ममा ६० करोड ४६ लाख १५ हजार राजस्व संकलन गरिसकेको छ ।

नाकाबाट मुख्य गरी तयारी कपडा, स्याउ, जुत्ता, चप्पल, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामानलगायत वस्तुहरू आयात हुँदै आएका छन् । विषेशगरी चालु आर्थिक बर्षको भाद्र र असोज महिनामा दसैंका लागि रसुवागढी नाकाबाट चिनियाँ तयारी पोसाक आयात भएको भन्सार कार्यालयले जनाएको छ । राजधानीलगायत मुलुकका अधिकांश बजारमा दसैंका लागि चिनियाँ तयारी पोसाक रसुवागढी नाकाबाट भित्रने गरेको छ । दसैंका लागि तयारी पोसाक, खुद्रा सामान र इलेक्ट्रोनिक सामान लोड भएका करिब १३ सय मालबाहक कन्टेनर राजधानी प्रवेश गरिसकेको जनाइएको छ ।

यसअघि नाकाबाट तस्करी बढेको भन्दै चिनियाँ अधिकारीले नेपाल आउने र जाने सामानको जाँचमा कडाइ गरेपछि केही दिन दसैंका सामान केरुङमा रोकिएका थिए । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकाबाट व्यापार हुन थालेको छ । चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);