डडेल्धुराको स्याउले बजारका ओखर व्यवसायीलाई ओखर बेचेर मनग्य आम्दानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विमल जैरु, डडेल्धुरा,१२ असोज । डडेल्धुराका ओखर व्यवसायी ओखर व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला र तराईका जिल्लासहित देशका अन्य जिल्ला जोड्ने प्रमुख नाकाको रुपमा रहेको डडेल्धुराको स्याउले बजारका ओखर व्यवसायीले ओखर बेचेर मनग्य आम्दानी गर्ने गरेका हुन् ।

स्याउले बजारसहित डडेल्धुरा सदरमुकाम वसापार्क क्षेत्रमा रहेका दर्जनौं व्यापारी ओखर बेचेर वर्षेनि दुई लाखसम्म आम्दानी गर्ने गरेको वताउँछन् ।
पहाडी जिल्ला बैतडी, दार्चुला र डडेल्धुराका विभिन्न स्थानमा उत्पादित ओखर जिल्ला सदरमुकामको बसपार्क र स्याउले बजारमा ल्याई प्रतिकिलो सात सयदेखि सात सय ५० रुपैयाँसम्ममा बेच्ने गरेको डडेल्धुरा बसपार्कका ओखर तथा फलफूल व्यवसायी तारा ऐरले बताउनुभयो । पाँच क्विन्टल ओखर खरिद–विक्रि गर्दा एक लाखभन्दा बढि नाफा हुने व्यापारी बताउँछन् ।

अन्य जिल्लाबाट समेत ओखर निर्यात गरी डडेल्धुरामा ठुलो मात्रामा ओखरको व्यापार हुने गरेको छ । यो बाटो ओहोरदोहोर गर्ने यात्रुले तराईका कञ्चनुर र कैलालीका साथै राजधानीसम्म कोसेलीको रुपमा ओखर लैजाने गर्छन् । ओखरको बजार बढ्दै जाँदा ओखर उत्पादक कृषक पनि उत्साहित हुन थालेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);