काठमााडौं, १२ असोज । नेपाल आयल निगमले दसैँको अवधिमा इन्धन अभाव नहुने जनाएको छ ।
आयल निगमका अनुसार पर्याप्त भण्डारण रहेको र आपूर्ति पनि सहज भएकाले इन्धन अभाव नहुने बताइएको छ । निगमले विभिन्न १५ वटा पेट्रोलियम डिपोमा क्षमताअनुसार इन्धन सञ्चित गरिएको दाबी समेत गरेको छ ।
विशेषगरी लामो दूरी यात्रा गर्नै गाडीका लागि राजमार्ग आसपासमा रहेको पेट्रोल पम्पमा आवश्यक्ता अनुसार इन्धन उपलब्ध गराउने निगमले जनाएको छ । निगमका हरेक डिपोमा पूर्ण क्षमताको उपयोग गरेर पर्याप्त मौज्दात राखिएको छ ।




