बुढीगण्डकी आयोजना निर्माणको काम नरोकिने उर्जामन्त्री शाहीको भनाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

काठमाडौं, ११ असोज । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुढीगण्डकी आयोजना निर्माणको कार्य नरोकिने स्पष्ट पारेका छन् ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री शाहीले बुढीगण्डकी आयोजना लागतको दृष्टिले पनि महंगो आयोजना भएकाले नेपाल आफैले निर्माण गर्न नसक्ने भन्दै आयोजना निर्माणको काम नरोकिने बताए । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने जिम्मा पाएको चिनियाँ कम्पनी गेजुवाको कार्यक्षमतामा अनावश्यक प्रश्न उठाईएकोमा उनले आपत्ती जनाए ।

व्यवस्थापिका संसद अन्र्तगतको अर्थ र कृषि तथा जलस्रोत समितिको सोमबार बसेको संयुक्त बैठकले बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धमा मन्त्रीपरिषद् र ऊर्जा मन्त्रालयबाट भएका निर्णय नेपालको प्रचलित नियम कानुन सम्मत नदेखिएको, सार्वजनिक खरिद ऐनलाई उल्लंघन गरेको तथा खुला प्रतिस्पर्धा नगराएको भन्दै खारेज गर्न निर्देशन दिएको थियो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);