नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त

madan kheral

काठमाडौं, १ असोज । सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ ।

आइतबार राति बसेको मन्त्रिपरिषद्को बैठकले खरेललाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । निगमले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको आवाज उठिरहेका बेला पर्यटन मन्त्री रवीन्द्र अधिकारीको प्रस्तावमा खरेललाई कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको हो । हाल निगमको कार्यकारीको भूमिकामा महाप्रबन्धक सुगतरत्न कंसाकार रहेका छन् ।

उनकै नेतृत्वमा निगमले दुईवटा वाइडबडी जहाज किनेपनि खरिद प्रक्रियामा दलालको प्रयोग गरेर भ्रष्टाचार गरेको आरोप लागिरहेको छ । यसअघि शुक्रबार मन्त्रिपरिषद बैठकले खरेललाई नेपाल वायुसेवा निगमको सञ्चालक समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);