काँग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काँग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी

इटहरी । नेपाली काँग्रेस सुनसरीको सभापतिमा संस्थापन इतर प्यानलका केदार भण्डारी विजयी भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनामा भण्डारीले विजय हासिल गरेका हुन् । सुरुवात देखीनै अग्रता कायम गरेका उनले संस्थापन प्यानलका उम्मेदवार सञ्जय कुमार श्रेष्ठलाई पराजित गरेका हुन् ।

दुवै उम्मेदवारको निर्वाचन क्षेत्र र पालिका पनि समान भएका कारण चुनाव निक्कै प्रतिस्पर्धात्मक देखिएको थियो । कुल २६२६ मत मध्ये श्रेष्ठले १३०९ मत पाउँदा भण्डारीको पक्षमा १४२२ मत खसेको थियो । ११३ मतान्तरका साथ विजयी भएका भण्डारी दुई कार्यकाल सुनसरी सचिव चलाएका हुन् । श्रेष्ठ मनोनीत उसपभापती हुन् ।

वकालत पेसामा समेत आबद्ध भण्डारी प्रस्ट वक्ताको रूपमा चिनिन्छन्। भण्डारी सहित उपसभापतिमा इतर पक्षकै नागेशचन्द्र राई र पङ्कज कुमार महतो निर्वाचित भएका छन् । सचिवमा संस्थापन प्यानलका वीरेन्द्र कुमार शाह र इतर प्यानलका माधव कुमार घिसिङ निर्वाचित भएका हुन् ।

सहसचिवमा भने संस्थापन प्यानलका मनिषकुमार राय र गणेश सुब्बा विजयी भएका छन् । अपाङ्ग महाधिवेशन प्रतिनिधिमा उपेन्द्र प्रसाद मेहता र देवेन्द्र पौडेल विजयी भएका हुन् । इतर प्यानलको पकड मानिएको सुनसरीमा निक्कै कडा प्रतिस्पर्धाका बिच भण्डारी विजयी भएका छन् । यस सँगै राजीव कोइराला पछि सुनसरीमा इतर पक्ष स्थापित भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);