उपनिर्वाचनको उम्मेदवारबारे छलफल गर्न राप्रपाले बोलायो बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

उपनिर्वाचनको उम्मेदवारबारे छलफल गर्न राप्रपाले बोलायो बैठक

काठमाडौं, १३ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारी बैठक बोलाएको छ । बैशाख १० मा उपनिर्वाचनबारे छलफल गर्न आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाएको हो ।

बैठकमा तनहुँ १, चितवन २ र बारा २ मा हुन गइरहेको उपनिर्वाचनको उम्मेदवारलगायतका एजेण्डामा छलफल हुने जनाइएको छ ।

राप्रपा केन्द्रीय समिति बैठकको तयारीलगायत पार्टीका सांगठानिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने स्रोतको दाबी छ ।

File Photo 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);