राप्रपाको बैठक आज सकिदै,लिङदेनले जवाफ दिने | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

राप्रपाको बैठक आज सकिदै,लिङदेनले जवाफ दिने

काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबारदेखि सुरु भएको हो ।

अध्यक्ष राजेन्द्र लिङदेनले ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ भावी कार्यदिशासम्बन्धि राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रीय सदस्यहरुले राखेको धारणाको जवाफ दिने कार्यक्रम रहेको छ ।

हिजोको बैठक ९ घण्टासम्म चलेको थियो । केन्द्रीय सदस्यहरुले सोमबार आफ्नो भनाइ राखेका थिए ।

आजसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, गत वैशाख १० मा सम्पन्न भएको उपनिर्वाचनको समिक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल हुने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);