कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलाे बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलाे बैठक

काठमाडाैं । सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलाे बैठक आज बिहीबार बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसाे २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । सरकारले ३० वैशाखमा स्थानीय तहकाे निर्वाचनकाे घाेषणा गरेसँगै बुधबार कांग्रेस पदाधिकारी बैठक बसेकाे थियाे । 

स्थानीय तह निर्वाचनबारे रणनीति तय गर्न आज कार्यसम्पादन समितिकाे बैठक डाकिएकाे हाे । यसबाहेक बैठकमा पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाको विषयमा छलफल हुनेछ । कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, सहमहान्त्रीसहितका पदाधिकारी रहन्छन् । याे समितिमा ३७ सदस्य छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);