एमसीसीबारे धारणा बनाउन लोसपा संसदीय दलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

एमसीसीबारे धारणा बनाउन लोसपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पार्टीको आधिकारिक धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको बैठक आज बस्दैछ ।

संसदीय दलको कार्यलय सिंहदरवारमा दिउँसो १ बजे बैठक बस्ने नेता केशव झाले जानकारी दिए । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीतिबारे छलफल गर्न दलको बैठक बोलाइएको लोसपाले जनाएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुँदैछ । गत आइतबार बसेको संसद् बैठकमा एमसीसी टेबुल भएको छ । 

आगामी १६ फागुनसम्म एमसीसी सदनबाट अनुमोदन गरिसक्नुपर्ने डेडलाइन भएकाले भोलिकै बैठकमै पास वा फेलको टुंगो लाग्ने सम्भावना छ । संसदमा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा छ । तर, उसले अहिलेसम्म यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन । लोसपाका नेताहरूले एमसीसी सहयोग लिनुपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);