नेकपा एसको स्थायी कमिटि बैठक जारी  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपा एसको स्थायी कमिटि बैठक जारी 

काठमाडौं । नेकपा एस (एकीकृत समाजवादी)को स्थायी कमिटि बैठक आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे पार्टीको साझा धारणा तय गरिने जनाइएको छ । 

नेकपा एस एमसीसीको विपक्षमा उभिने भने पनि पार्टीभित्र दुई धार देखिएको छ । अध्यक्ष माधव कुमार नेपाल यसको समर्थनमा छन् भने सम्मानित नेता झलनाथ खनाल विपक्षमा उभिएका छन् । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल हुने भएपछि साझा धारणा बनाउन बैठक डाकिएको पार्टीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);