महामारीको समयमा देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले क्षमा गर्नेछैनन् : पूर्व राजा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

महामारीको समयमा देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले क्षमा गर्नेछैनन् : पूर्व राजा

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले महामारीको संकटका बेला जनताको स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले क्षमा नगर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि पूर्व राजा ज्ञानेन्द्रले ट्वीट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

यस्तो महामारीको समयमा पनि जन दायित्वबाट पन्छिनका लागि असामयिक राजनैनिक जालझेल श्रृजना गरी जनताको जनताको स्वास्थ जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा नगर्ने बताएका हुन् ।

उनले लेखेका छन्–‘यस वैश्विक महामारीको संकटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयिक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन् । ’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);