पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्जमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्जमा

gyanendra

काठमाडौं, १३ पुस । पूर्व राजा ज्ञानेन्द्र शाह भ्रमणका क्रममा आज नेपालगञ्ज पुगेका छन् । निर्वाचन पछिको माहोल र जनविचार बुझ्न शाहले नेपालगञ्ज भ्रमण गरेको पूर्व राजाको सचिवालयले बताएको छ ।

पूर्व राजा शाहको पहिलो भ्रमण मध्यपश्चिम, त्यसपछि सुदूरपश्चिम र पूर्वाञ्चलको हुने सचिवालयले जनाएको छ । ज्ञानेन्द्रले नेपालगञ्जमा निर्माण सम्पन्न भएको होटेल सोल्टीको शाखा उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसपछि देवी देवताको दर्शन र भेटघाटको कार्यक्रम राखिएको सचिवालयले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्रले उद्घाटन गर्ने होटल सोल्टी काठमाडौंमा रहेकाे सोल्टी होटलको शाखा हो ।  ७० करोड रुपैयाँ भन्दा बढीको लागतमा निर्माण गरिएको सोल्टी होटलमा पूर्व राजा ज्ञानेन्द्र शाहको लगानी रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);