प्राधिकरणले आगामी वर्ष अन्तर्राष्ट्रिय दाता सम्मेलन गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्राधिकरणले आगामी वर्ष अन्तर्राष्ट्रिय दाता सम्मेलन गर्ने

काठमाडौँ, १३ पुस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी वर्ष अन्तर्राष्ट्रिय दाता सम्मेलन आयोजना गर्ने भएको छ । भूकम्पपछिको पुनःनिर्माणका लागि करिब साढे तीन खर्ब आवश्यक पर्ने भएकाले प्राधिकरणले असार मसान्तभित्र दाता सम्मेलन गर्न लागेको जानकारी दिएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले उक्त जानकारी दिएका हुन् ।

भूकम्पबाट करिब सात खर्बको नोक्सानी भएको अनुमान गरिएको छ । पुनःनिर्माणका लागि झन्डै नौ खर्ब चाहिने प्राधिकरणको प्रक्षेपण रहेको बताउँदै भुसालले भने, “हामी आन्तरिक गृहकार्यमा जुटिरहेका छौँ, दाता सम्मेलनको आयोजना गर्नेबारे हाम्रो सोच बनिसकेको छ ।”

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);