संसद पुनर्स्थापना भएपनि सत्तारुढ नेकपाका कारण समस्या समाधान हुँदैन : अध्यक्ष ठाकुर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

संसद पुनर्स्थापना भएपनि सत्तारुढ नेकपाका कारण समस्या समाधान हुँदैन : अध्यक्ष ठाकुर

काठमाडौं, ११ माघ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले संसद पुनर्स्थापना भएपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कारण समस्या समाधान नहुने बताउनुभएको छ ।

आइतबार जनता समाजवादी पार्टी, नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह)बीच पार्टी एकिकरण घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संसद पुनर्स्थापना भएपनि सत्तारुढ नेकपाका कारण समस्या समाधान नहुने बताउनुभएको हो । संसद पुनर्स्थापना भएपनि सत्तारुढ नेकपा कानूनी रुपमा विभाजित नभएको अवस्था भएकोले सत्ता नेकपाकै हातमा जाने र यसले समस्याको समाधान नगर्ने उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिवर्तनलाई जोगाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । संघीयता, गणतन्त्र, समावेशिता जस्ता मुद्दाहरुलाई समाप्त पारी मुलुकलाई पछाडी धकेल्ने प्रयास भएको भन्दै यी परिवर्तनलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । संसद विघटनको कदमलाई खारेजी गर्नु नै प्रतिगमनलाई परास्त गर्नु रहेको उहाँको भनाई छ ।

बरिष्ठ नेता राजेन्द्र महतोले संविधान र शासन पटक पटक बदलिएपनि बिचार र व्यवहार नबदलिएका कारण देशमा प्रतिगमन हुने गरेको धारणा राख्नुभयो । कम्युनिष्ट र कांग्रेसले देशलाई गोलचक्करमा फसाएको उहाँले बताउनुभयो ।

जनता समाजवादी पार्टी, नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह) बीच आइतबार ललितपुरमा एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);