रातो मच्छिन्द्रनाथको भोटो आज देखाईंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

रातो मच्छिन्द्रनाथको भोटो आज देखाईंदै

vote jatra

काठमाडौं, ३० बैशाख । बर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आज देखाईंदै छ ।

ललितपुरको पुल्चोकबाट तानिएको मच्छिन्द्रनाथको रथलाई बैशाख २५ गते शुभसाईतमा लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको थियो । शुभसाईतमा रथलाई तानेर जावलाखेल पुर्याएको चार दिनपछि भोटो देखाउने चलन छ । भोटो हेर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपरान्ह ४ बजे जावलाखेल उपस्थित हुने कार्यक्रम छ ।

गुठी संस्थानका अधिकारीले रथको चारैतर्फ फर्केर भोटो देखाउने गर्दछन् । भोटो जात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);