ओलीले बनाएको स्थायी कमिटीको औचित्य छैन ः बामदेव गौम | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

ओलीले बनाएको स्थायी कमिटीको औचित्य छैन ः बामदेव गौम

काठमाण्डौं। एमालेका नेता वामदेव गौतमले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकको नाममा बनाइएको स्थायी कमिटी गठनको कुनै औचित्य नरहेको बताएका छन ।

गौतमले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले गठन गरेको स्थायी कमिटी बैठकमा आफूलाई राख्नुको कुनै अर्थ नरहेको समेत बताएका छन्।

’मेरो व्यक्तिगत रूपमा केपी ओलीसँग विशेष सम्बन्ध छ। तर उहाँले गरेको सांगठनिक निर्णयमा मेरो असहमति छ,’गौतमको भनाइ उदृत गौतम निकटका एक नताले बताए । उनले भने, म महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हो। मेरो उपाध्यक्ष पद खोस्ने अधिकार कसैसँग छैन।’

शुक्रबार बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकले १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। खनाल–नेपाल पक्षले बहिष्कार गरेको बैठकमा ओलीले आफू निकटका नेतामात्रै रहने स्थायी कमिटी गठन गरेका हुन्। त्यो भित्र पनि एक जना समेत महिला सदस्यालाई समेटन सकेको छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);