गठबन्धन टिक्नेमा गगनलाई शंका | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गठबन्धन टिक्नेमा गगनलाई शंका

काठमाडौं । काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकारको स्थिरता चुनौतिको विषय भएको टिप्पणी गर्नुभयो । संसद भवनमा सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै उहाँले सरकारको स्थिरता चुनौतिको विषय भएको बताउनुभयो । महामन्त्री थापाले अघिल्लो पटक वर्तमान सत्तारुढ गठबन्धनले गठबन्धन जोगाउन नसकेको भन्दै यसपटक पनि गठबन्धन टिक्नेमा शंका व्यक्त गर्नुभयो ।

पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधनले उहाँहरुका बिचमा बिग्रहको बिजारोपण भएको उहाँको टिप्पणी थियो ।

महामन्त्री थापाले सरकारले सरकारको र प्रतिपक्षले प्रतिपक्षको भूमिका इमान्दारीतापूर्वक निर्वाह गरेमा संसदमा कुनैपनि समस्या नआउने प्रष्ट पार्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);