दुई नम्बर प्रदेशका सदस्यद्वारा चार भाषामा सपथ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दुई नम्बर प्रदेशका सदस्यद्वारा चार भाषामा सपथ

जनकपुर, ७ माघ । दुई नम्बर प्रदेशमा प्रदेशसभा सदस्यहरुको सपथमा भाषाको विषयलाई लिएर विवाद भएको छ ।

जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट जेष्ठ सदस्उ लगनलाल चौधरीले नेपाली भाषमा सपथ लिए पनि प्रदशसभाका सदस्यहरुले विवाद सृजना गरेका थिए । उनीहरुले आफूहरुले जुन भाषामा सपथ लिएको हो सो भाषालाई रेकर्डमासमेत राख्नुपर्ने भन्दै होहल्ला गरेपछि चार वटा भाषामा सपथ गराइएको थियो ।

१ सय ७ सदस्य रहेको दुई नम्बर प्रदेशका सदस्यमध्ये ४७ जनाले मैथिलीमा, २५ जनाले भोजपुरीमा, २४ जनाले नेपालीमा र ११ जनाले हिन्दीमा सपथ खाएका छन् । राष्ट्रिय जनता पार्टी, नेपालका जितेन्द्र सोनलले हिन्दीमा सपथ लिने बताए भने  नेता मनिष सुमन र माओवादी केन्द्रका जगत यादवले मैथिलीमा सपथ लिने बताएका थिए । प्रदेशसभा सदस्यहरुको सपथलगतै प्रदेश प्रमुख कायस्थले आगामी माघ २१ गते प्रदेश सभाको पहिलो बैठक आह्वान गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);