तीन नम्बर प्रदेश प्रमुख कोइरालाद्वारा पदभार ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

तीन नम्बर प्रदेश प्रमुख कोइरालाद्वारा पदभार ग्रहण

काठमाडौं, ६ माघ । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले शनिवार प्रदेश प्रमुखको कार्यालय हेटौंडामा पदभार ग्रहण गरेकी छन् । शनिबार साँझ हेटौंडा पुगेर प्रमुख कोइरालाले पदभार ग्रहण गरेकी हुन् ।

त्यस अवसरमा उनलाई प्रतिनिधी सभा सदस्य कृष्ण दाहाल, प्रदेश सभा सदस्यहरु डोरमणी पौडेल, मुनु सिग्देल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठसहित नेपाल सरकारका उच्च ओहोदाका कर्मचारीहरुले स्वागत गरेका थिए । पदभार ग्रहण पछि सम्बोधन गर्दै प्रदेश प्रमुख कोइरालाले आफु संबिधानको मर्म र भावना अनुरुप अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रदेश प्रमुख कोइरालाले आइतबार विहान १० बजे प्रदेश सभाका जेष्ठ सदस्य डोरमणी पौडेललाई सपथ खुवाउने कार्यक्रम रहेको छ । साँढे १० बजे बैठकको अध्यक्षता गर्ने जेष्ठ सदस्य पौडेलले अन्य १ सय ९ प्रदेश सभा सदस्यलाई सपथ खुवाउने कार्यक्रम रहेको छ । तीन नम्बर प्रदेशमा प्रत्यक्ष तर्फ ६६ जना र समानुपातिक तर्फबाट ४४ जना प्रदेशसभा सदस्य रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);