राष्ट्रिय सभा निर्वाचन सहज ढंगले सम्पन्न गर्ने वातावरण बनाउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रिय सभा निर्वाचन सहज ढंगले सम्पन्न गर्ने वातावरण बनाउन आग्रह

काठमाडौं, ६ माघ । निवाचन आयोगले राष्ट्रिय सभा निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्ने वातावरण बनाउन सरकारसँग पुनः आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दाङ र डोटीमा निर्वाचन प्रतिकूल हुनेगरी भईरहेको आन्दोलन तत्काल स्थगित गराएर राष्ट्रिय सभा निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्ने वातावरण बनाउन सरकारलाई पुनः आग्रह गरेका हुन् ।

उनले निर्वाचनका लागि आवश्यक वातावरण बनाउने जिम्मेवारी पूरा गर्न सबै राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण गराए । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रिय सभा निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्ने दायित्व सरकार र सम्बन्धित राजनीतिक दलहरुको रहेको स्पष्ट पारेका छन् ।

प्रदेश राजधानीको माग गर्दै दाङ र डोटीमा आन्दोलन भईरहेको छ । सोही आन्दोलनका कारण राष्ट्रिय सभाको निर्वाचन प्रभावित हुने भन्दै निर्वाचन आयोगले चिन्ता व्यक्त गर्दै आएको छ ।

आगामी माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । १० गते बुधबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने कार्यतालिका समेत तय भईसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);