मानव निर्मित विकासका प्रभावका कारण वातावरणमा परेको असर अध्ययन गर्न जरुरी : ऊर्जामन्त्री भुसाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

मानव निर्मित विकासका प्रभावका कारण वातावरणमा परेको असर अध्ययन गर्न जरुरी : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री पम्फा भुसालले मानव निर्मित विकासका प्रभावका कारण वातावरणमा परेको असर अध्ययन गर्नुपर्ने जरुरी रहेको बताएकी छन् ।

शुक्रबार जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौँ वार्षिकोत्सवमा मन्त्री भुसालले मानव निर्मित विकासका प्रभावका कारण वातावरणमा परेको असर अध्ययन गर्नुपर्ने जरुरी रहेको बताएकी हुन् । उनले अहिले विश्वमा भइरहेको अति विकसित र विकासशील राष्ट्रहरुले गरेका औद्योगीकरणलगायत विज्ञान प्रविधिका कारणले वातावरणमा गम्भीर असर परिरहेको बताईन् । अर्कैले खाएको विषको प्रभाव नेपाल जस्ता राष्ट्रले भोगिरहेको भन्दै मन्त्री भुसालले अहिले नेपाल द्रुत गतिमा यस्ता प्रभावको सामना गरिरहेको बताईन् ।

मन्त्री भुसालले नेपाली जनतालाई द्रुत गतिमा विकास पनि चाहिएकोले विकासबाट पर्ने नकारात्मक प्रभावलाई कम गर्ने गरी विकास निर्माण गर्नुपर्ने बताईन् । उनले नेपालमा विकासको तीनवटा महत्वपूर्ण क्षेत्र कृषि, जलविद्युत र पर्यटन रहेकोले यसलाई विकास गर्दा कुनै पनि नकारात्मक प्रभाव नपर्ने तरिकाबाट सूक्ष्म अध्ययन अनुसन्धान गर्न सुझाईन् ।

मन्त्री भुसालले नेपालको सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म शंकटग्रस्त जिल्ला घोषणा गरिएको र विकास केन्द्रले अध्ययनको सूचिमा मनाङ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र गोरखा समावेश गर्नुपर्ने सुझाव दिईन् ।

कार्यक्रममा जलश्रोत अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशक डा. महेश्वर श्रेष्ठले जलश्रोतको विविध पक्षमा अनुसन्धान गर्नुपर्ने बताए । उनले दिगो विकास र क्षमताको बिस्तारका लागि सम्बन्धीत सरोकारवाला निकायहरुसँग छलफल गरी काम अघि बढाउनुपर्ने बताए ।

निर्देशक श्रेष्ठले केन्द्रको उद्देश्य प्राप्तिको लागि हालको सांगठनिक संरचनालाई पुनः संरचना गर्नुपर्ने बताए ।

कार्यक्रममा अन्य वक्ताहरुले मनाङ जिल्ला क्लाइमेट चेन्जको डिजास्टर भएको भन्दै सूक्ष्म अनुसन्धान गर्नुपर्ने धारणा राखेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);