हिंसाको संस्कृति अन्त्य गर्न जरुरी : मन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

हिंसाको संस्कृति अन्त्य गर्न जरुरी : मन्त्री थापा

tham maya thapa

काठमाडौं, २६ फागुन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले हिंसाको संस्कृतिलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छन् ।

मन्त्री थापाले मानव हिंसाको अन्त्यका लागि पशु हिंसाको समेत तत्काल अन्त्य गर्नुपर्ने आवश्यक्ता मा जोड दिइन् । उनले शाकाहारीको माध्यामबाट हिंसाजन्य गतिविधिलाई अन्त्य गर्दै विश्वमा बढ्दो भोकमरीलाई हटाउन सघाउ पुग्ने बताइन् ।

शनिबारबाट काठमाडौंमा सुरु भएको एशीया प्रशान्त क्षेत्रीय शाकाहारी सम्मेलनमा बोल्दै मन्त्री थापाले गरिवी र भोकमरीको समस्याबाट छुटकारा पाउन पनि शाकाहारी संस्कृतिलाई अवलम्बन गर्न ढिलाई गर्न नहुनेमा जोड दिइन् ।

२ दिनसम्म चल्ने सम्मेलनमा शाकाहारीको माध्यामबाट मानव जीवनमा पार्ने सकारात्मक प्रभावका विषयमा विस्तृत छलफल हुने बताइएको छ । विश्वमा मासुको लागि पालिएका पशुहरुका लागि कूल उत्पादनको ७० प्रतिशत अनाज खर्च गर्नुपर्ने भएकाले भोकमरीको समस्या झनै बढेर गएको विभिन्न अध्ययन प्रतिवेदनमा देखाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);