अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै काम पूरा हुन सकेनन्ः परराष्ट्रमन्त्री पौड्याल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै काम पूरा हुन सकेनन्ः परराष्ट्रमन्त्री पौड्याल

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै पूरा गर्नुपर्ने परियोजनाहरु नसकिएको बताउनुभएको छ ।

शुक्रवार विश्व भोकमरी रिपोर्ट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कतिपय नीतिमा समस्या भएका कारण पनि समयमै सकिनुपर्ने कामहरु पूरा हुन नसकेको बताउनु भयो । उहाँले नीति र बजेटहरुमा सरकारको समन्वयात्मक व्यवस्थापन हुन नसक्दा पनि समस्या आइरहेको बताउनु भयो ।

मन्त्री पौड्यालले नेपाल भौगोलिक विविधताका कारण विश्वमा उब्जनी नहुने उत्पादनहरु पनि उब्जाउन सक्ने क्षमताको भएपनि भौगोलिक विविधताको आवश्यक प्रयोग गर्न असफल भइरहेको बताउनु भयो । उहाँले मानव श्रोतको विविधतालाई पनि नेपालले सही सदुपयोग गर्न नसकिरहेको बताउनु भयो ।

मन्त्री पौडेलले खाद्य उत्पादन र वितरणमा विभेद हुनाले भोकमरीको समस्या समाधान गर्न नसकिएको बताउनु भयो । उहाँले कोहीलाई खानु नहुने र पर्यात्प खान पाउने अवस्था रहेपनि कोही भने खान नपाएर मरिरहनुपरेको अवस्था रहेको बताउनु भयो । उहाँले आद्य सामग्रीको उत्पादन र वितरणमा भइरहेको विभेदलाई अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले स्थानीय खाद्य सामग्रीहरु सहजै हाट बजारमा पाउने व्यवस्थापन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा फुड हेबिटलाई पुरानै अवस्थामा फर्काउन जरुरी रहेको बताउनु भयो ।

मन्त्री पौड्यालले फुड हेबिटलाई पुरानै अवस्थामा फर्काउन नेपालमा ठूलो क्याम्पियन चलाउन जरुरी रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);