ड्युटीमा रहेका प्रहरी निरीक्षक कपिल वाग्लेको मोटरसाईकल ठक्करबाट मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

ड्युटीमा रहेका प्रहरी निरीक्षक कपिल वाग्लेको मोटरसाईकल ठक्करबाट मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको छ ।

सोमबार राति मोटरसाईकलको ठक्करबाट घाइते भएका ४३ वर्षीय वाग्लेको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

सामेबार राति कार्यालय अगाडी बाटोमा हिँडिरहेका वाग्लेलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिएको दिएर घाइते बनाएको थियो ।

ठक्कर दिने मोटरसाइकल चालक सुनवल नगरपालिका–१ प्रगति टोलका दिपेन्द्र पुनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

तनहुँको म्याग्दे गाउँपालिका–४ घर भएका वाग्ले गत पुसदेखि बर्दघाटमा कार्यरत थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);