ट्रकको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

कपिलवस्तु । कपिलवस्तुमा ट्रकको ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ । दुई जना घाइते भएका छन् ।

बाणगंगा-८ चप्परगाँउमा मंगलबार बिहान ठक्कर दिने ग १ त ५६०३ नम्बरको ट्रककाे ठक्करबाट स्थानीय सुदीप थारुकाे ज्यान गएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए । दुर्घटनामा कमल चौधरी र सुशील चौधरी घाइते भएका छन् ।

घाइतेका कपिलवस्तु सामुदायिक अस्पताल जितपुरमा उपचार भइरहेको छ । चालक प्रहरीको नियन्त्रणमा छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);