बारा विमानस्थल आसपासमा नियम विपरित डिप बोरिङ | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

बारा विमानस्थल आसपासमा नियम विपरित डिप बोरिङ

bara airport

श्याम गुप्ता
बारा, २५ जेठ
। बाराको टाँगिया बस्तीमा निर्माणधीन दोस्रो अन्तराष्ट्रिय विमानस्थलको चार किल्लाभित्र कुनै संरचना बनाउन पाइदैन। तर, जीतपुरसिमरा उपमहानगरपालिकाले नियम विपरित सो क्षेत्रमा डिप बोरिङ बनाउन सुरु गरेको छ ।

बाराको टाँगिया बस्तीमा दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम भइहरेको छ । विमानस्थल निर्माणका लागि तोकिएको चार किल्ला भित्र कुनै संरचना बनाउन पाइदैन । तर, जीतपुरसिमरा उपमहानगरपालिकाले २० लाखको लागतमा नियम विपरित डिप बोरिङ बनाउन सुरु गरेको हो । विमानस्थल आयोजनालाई जानकारी समेत नगराई डिप बोरिङ बनाउन थालिएको छ ।

यता उपमहानगरपालिकाले भने खानेपानीको चरम अभाव भएकाले डिप बोरिङ बनाउन थालिएको प्रतिक्रिया दिएको छ ।

वातावरणिय प्रभाव मुल्याङ्कनको प्रतिवेदन स्वीकृत भएर विमानस्थल निर्माणको काम अगाडी बढेको छ । विमानस्थल निर्माणका क्रममा रुख कटान, तटबन्ध निर्माण, तारबार लगाउन र मुआब्जा वितरणमा अहिलेसम्म ३७ करोड खर्च भएको छ । तर, उपमहानगरपालिकाले नियम विपरित डिप बोरिङ बनाउन सुरु गरेपछि विमानस्थल निर्माणमा चुनौति थपिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);